काठमाण्डु- चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्याच्युन स्वदेश फर्किएका छन् । तीन दिने नेपाल भ्रमणका लागि आएको चिनियाँ कम्युनिष्ट पार्टीका नेतासहितको प्रतिनिधि मण्डल आज स्वदेश फर्किएको हो । नेपाल भ्रमणका क्रममा चिनियाँ प्रतिनिधिमण्डलले उच्चस्तरीय भेटवार्ता गरेको थियो ।
आइतबार नेपाल आएको चिनियाँ प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको थियो । त्यस्तै इटालीको रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भर्चूअल मार्फत आइतबारै नेता युयान च्याच्युनले संवाद गरेका थिए । आइतबार राती माओवादी केन्द्रका पदाधिकारीसँग उनले डिनर मिटिङ गरेका थिए ।
सोमबार काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे लगायतसँग संवाद गरेको प्रतिनिधिमण्डलले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर स्वदेश फर्किएको हो ।




प्रतिक्रिया