काठमाण्डु – बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर हरि कुमार पोखरेल पक्राउ परेका छन् । आफ्नो घरमा काम गर्ने युवतीलाई जबरजस्ती गरेको आरोपमा इन्जिनियर पोखरेललाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो।
किशोरीले कालीमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन । त्रिुपरेश्वरस्थित ब्लुक्रस अस्पतालबाट पक्राउ गरेर इन्जिनियर पोखरेलमाथि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए ।




प्रतिक्रिया