सुन प्रकरणमा ठमेलको होटल भियनामा राजस्वको छापा, सञ्चालक दावा छिरिङ पक्राउ

सुन प्रकरणमा ठमेलको होटल भियनामा राजस्वको छापा, सञ्चालक दावा छिरिङ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राजस्व अनुसन्धान विभागले काठमाण्डुको ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विभागको टोलीले आइतबार बिहान छापा मार्ने क्रममा उक्त होटलबाट दावा छिरिङलाई पक्राउ गरेको हो । भियना होटल उनकी श्रीमतीको नाममा छ। योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले होटल भियनामा छापा मारेको जनाइएको छ । विभागले उक्त होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरी अनुसन्धान अघि बढाएको छ।

छापा मारेर केही कागजातहरु बरामद गरिएको जनाइएको छ । यही साउन २ गते भन्सार पास भएर ट्याक्सीमा गन्तव्यतर्फ लैजान लागेको सुन राजस्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो।