मुग्लिन-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

मुग्लिन-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि आइतबार बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो ।

पानी परिरहेको र लेदो बगिरहेको बाटो पन्छाउन समस्या भइरहेको छ । पानी पर्न र लेदो खस्न छाडेपछि बाटो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा राखिएको छ ।शनिबार पनि सोही स्थानमा केही समय सडक अवरुद्ध भएको थियो ।