काठमाण्डु- पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा ३९ जनाको मृत्यु भएको छ ।
एक सयभन्दा बढी घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तका स्वास्थ्य मन्त्री रियाज अनवरले विस्फोटमा परी ३९ जनाको मृत्यु हुनुका साथै एक सय २३ जना घाइते भएको जानकारी दिएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्मिर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको खार शहरमा यसै वर्षको अन्त्यमा हुन लागेको निर्वाचनअघि हुन लागेको जमीयत उलेमा-ए-इस्लाम (एफ) पार्टीको अधिवेशनलाई लक्षित गरी विस्फोट गराइएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
खैबर पख्तुनख्वाका प्रहरी महानिरीक्षक अख्तर हयात गन्डापुरले सो पार्टीका एक वरिष्ठ नेताले समारोहलाई सम्बोधन गर्ने तय भए पनि उनी आउनु अघि बम विस्फोट भएको जानकारी दिए।




प्रतिक्रिया