नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी हुदैँ, मन्त्री र उपसभामुख पाउने

नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी हुदैँ, मन्त्री र उपसभामुख पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो ।

बैठकमा सहभागी नेता रेशमलाल चौधरीले कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएकाले नाउपा सरकारमा सहभागी हुने जानकारी दिएका छन् ।

यहाँ ४ वटा संसदीय समिति रहेको छ । भने उपसभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी रहेकी छिन् । सभामुखमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी छन् । साउन ९ गते पनि १ मन्त्री र १ राज्यमन्त्रीको शपथको तयारी गरिएको थियो । तर पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको अन्तिम समयमा मुख्यमन्त्री शाहलाई सरकारमा सहभागी नहुने पत्रपछि रोकिएको थियो ।