मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउंदै

मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन जयशंकर अक्टोवरमा नेपाल आउने कार्यक्रम छ । यद्यपी उनको भ्रमणबारे भारत र नेपालले अहिलेसम्म औपचारिक जानकारी भने दिएको छैन् ।

बैठकमा द्धिपक्षीय सम्बन्धका सम्पूर्ण पक्षको समिक्षा हुनुका साथै भविष्यमा गर्न सकिने सहकार्यका विषयमा छलफल हुनेछ । यो नेपाल भारतबीचको सातौं बैठक हो । यो बैठकमा दुवै देशको द्धिपक्षीय सम्बन्धको समीक्षा हुने गर्दछ ।

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच गत महिना मात्र थाइल्याण्डको बैंककमा आयोजित बिमस्टेक रिट्रिटका क्रममा भेटवार्ता भएको थियो । भेटवार्तामा द्धिपक्षीय हितका विषयमा नजिकबाट काम गर्ने विषयमा छलफल भएको नेपालका परराष्ट्रमन्त्री एनपी साउंदले जानकारी दिएका थिए ।

मन्त्रीस्तरीय संयन्त्रमा कनेक्टिभिटी, अर्थतन्त्र र व्यापार, उर्जासहायता लगायतका क्षेत्रमा छलफल हुने अपेक्षा गरिएको छ ।यसअघि तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जयशंकरबीच संयुक्त आयोगको छैटौं बैठक २०२१ जनवरी १५ मा भारतको राजधानी नयां दिल्लीमा सम्पन्न भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत जेठमा चार दिने औपचारिक भ्रमणका लागि नयां दिल्ली गएका थिए । भ्रमणको दौरान दुई देशबीच दीर्घकालीन उर्जा व्यापार सहकार्यमा सहमति हुनुको साथै धेरै परियोजनामा हस्ताक्षर भएको थियो ।