अमृत राईले पाए चीन हेर्ने उत्तर पूर्वी एसिया महाशाखाको जिम्मेवारी

अमृत राईले पाए चीन हेर्ने उत्तर पूर्वी एसिया महाशाखाको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  परराष्ट्रमन्त्रालयले सहसचिव अमृत राईलाई उत्तर पूर्वी एसिया महाशाखाको जिम्मेवारी दिएको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयस्थित नेपाली नियोगमा स्थायी प्रतिनिधिबाट भर्खरै फिर्ता भएका राईलाई परराष्ट्रमन्त्रालयको महत्वपूर्ण महाशाखाको जिम्मेवारी दिएको हो ।

उत्तर पूर्वी एसिया महाशाखाले चीन,जापान र दक्षिण कोरीया हेर्ने गर्दछ । यो महाशाखाका प्रमुख रहेका लोकबहादुर थापालाई सरकारले न्यूयोर्कमा स्थायी प्रतिनिधिमा पठाउने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला राईलाई महाशाखाको जिम्मेवारी दिइएपनि राजदूतको कार्यकाल सकेर फिर्ता भएका अन्य सहससचिवहरुको जिम्मेवारी भने अझै तोकिएको छैन । परराष्ट्रमन्त्रालयले दिल्लीमा डिसिएमका रुपमा रिता धिताल र राहदानी विभागमा लक्ष्मण खनाललाई पठाउने तयारी गरेको छ ।