काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन् ।
साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।भेटवार्तामा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया