काठमाण्डु – काठमाडाैं उपत्यकामा आज बिहानैदेखि भारी वर्षा भैरहेकाे छ । जल तथा माैसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा भारी वर्षा भएको जनाएकाे छ ।
भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ । हाल विष्णुमती खोलामा पानीको बहाव उच्च देखिएको छ । साेमबार रातिदेखिको वर्षाले खोलामा पानीको बहाव बढाएसँगै बाढीको जोखिम पनि बढेको छ । विष्णुमती किनारका सडकसम्म नै बाढी पुगेको छ । सडक किनारका घर र पसलभित्र समेत पानी पसेको छ ।
बागमतीको जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटीय क्षेत्रमा हुनेहरूले आज बेलुका सम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।




प्रतिक्रिया