सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ किनबेच?

सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ किनबेच?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।