गुन्डा नाइके समीरमानको चालचलन शंकास्पद देखिएपछि नख्खुबाट मुस्ताङ सरुवा

गुन्डा नाइके समीरमानको चालचलन शंकास्पद देखिएपछि नख्खुबाट मुस्ताङ सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गुन्डा नाइके समीरमान सिंह बस्नेतलाई ललितपुरको नख्खु कारागारबाट मुस्ताङ कारागार सरुवा गरिएको छ। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका प्रमुख योजनाकार हुन् ।

उनलाई सामेबार बिहान पौने ९ बजेको बुद्ध एयरको विमानमार्फत मुस्ताङ कारागार पठाइएको नख्खु कारागारका जेलर जीवन दुलालले जानकारी दिए। चालचलन शंकास्पद देखिएकाले बस्नेतलाई कारागार साटिएको हो। जिल्ला अदालत काठमाडौँले बस्नेतलाई हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले भारतबाट पक्राउ गरेर गत मंसिर १७ गते बस्नेतलाई सार्वजनिक गरेको थियो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या गरेको आरोपमा उनी पक्राउ परेका थिए।