आजको मुद्रा विनिमय दर : डलरको भाउ कति ?
काठमाण्डु – नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकन डलर १ को खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ ०० पैसा रहेको छ ।
युरोपियन युरो १ को खरिद दर १४४ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।
बेलायती पाउन्ड १ को खरिद दर १६९ रुपैयाँ ०१ पैसा र बिक्री दर १६९ रुपैयाँ ७७ पैसा छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ३१ पैसा र बिक्री दर ८५ रुपैयाँ ७० पैसा तथा क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ८२ पैसा र बिक्री दर ९८ रुपैयाँ १३ पैसा रहेको छ ।
जापनिज येन १० को खरिद दर ९ रुपैयाँ ०९ पैसा र बिक्री दर ९ रुपैयाँ १३ पैसा कायम भएको छ ।
चाइनिज युआन १ को खरिद दर १८ रुपैयाँ १५ पैसा र बिक्री दर १८ रुपैयाँ २३ पैसा कायम भएको छ ।
साउदी रियाल १ को खरिद दर ३५.३० रुपैयाँ र बिक्री दर ३५ रुपैयाँ ४६ पैसा छ ।
कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको छ ।
मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ४९ पैसा र बिक्री दर २८ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९० पैसा र बिक्री दर ९ रुपैयाँ ९४ पैसा छ ।
कुवेती दिनार १ को खरिद दर ४२९ रुपैयाँ ७२ पैसा र बिक्री दर ४३१.६६ पैसा रहेको छ ।