शेयर बजार लगातार ओरालो, आज कति घट्यो ?

शेयर बजार लगातार ओरालो, आज कति घट्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हप्ताको पहिलो दिन आइतबारदेखि नै ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि घटेको छ ।

आज मंगलबार ५.०५ अंकले घटेर नेप्से परिसूचक १९९३.४२ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ४० लाख ६ हजार ७३९ कित्ताको खरिदबिक्री हुँदा ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ ।

शेयर बजारमा भएको गिरावटसँगै कारोबार रकम समेत घट्दै गएको छ । मंगलबार बजार पुँजीकरण २९ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ ।

मंगलबारको कारोबारमा कुथेली बुखेरी स्मल हाइड्रोपावर सकारात्मक सर्किटका साथ शीर्ष स्थानमा छ ।