चीनको नयाँ नक्सा प्रकरण : चिनियाँ दूतावास अगाडि नेविसंघको प्रदर्शन

चीनको नयाँ नक्सा प्रकरण : चिनियाँ दूतावास अगाडि नेविसंघको प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उत्तरी छिमेकी चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सालाई मान्यता नदिएपछि नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको छ ।

नेविसंघले नयाँ नक्सा सच्याउन माग गर्दै आज बिहीबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेको छ ।

दिउँसो दूतावास अगाडि पुगेका नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीलाई प्रहरीले करीब १ घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।

चीनले हालै प्रकाशित गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएपछि विवाद देखिएको छ ।