नेपालले एमसीसी र बीआरआई दुवैबाट लाभ लिनुपर्छ : सभामुख घिमिरे

नेपालले एमसीसी र बीआरआई दुवैबाट लाभ लिनुपर्छ : सभामुख घिमिरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआई दुवैबाट मुलुकको हित हुने गरी लाभ लिनुपर्ने बताएका छन् ।

‘फाउन्डेसन अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज’ले काठमाडौंमा आज शनिवार आयोजना गरेको कार्यक्रममा उनले ठूला राष्ट्रको प्रभावलाई सन्तुलनमा राख्दै यसबाट प्रतिस्पर्धात्मक लाभ लिनुपर्ने बताए ।

सभामुख घिमिरेले छिमेकी राष्ट्रहरूले गर्ने सहयोगलाई आफ्नो मुलुकले राष्ट्र हित हुने गरी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यक्रमलाई सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यसबाट फाइदा कसरी लिन सकिन्छ त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

सभामुख घिमिरेले भने, ‘ठूला राष्ट्रहरूको प्रभावलाई सन्तुलनमा राख्दै आउने अवसरलाई मुलुकको आर्थिक विकास र जनताको अत्मनिर्भर बन्ने बाटोमा लगाउनुपर्छ ।’

नेपालले यी दुवै कार्यक्रमबाट नेपाली जनताको हितमा कसरी जाने र राष्ट्रियतालाई पहिलो प्राथमिकता दिँदै दुवै मुलुकबाट फाइदा कसरी लिन सकिन्छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बेला आएको सभामुख घिमिरेले बताए ।