कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

कोशी प्रदेश सरकारविरुद्ध मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कोशी प्रदेश सरकार विरुद्धको रिटमाथि सोमबारबाट सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनवाइ हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत विरुद्ध परेको रिटमाथि सोमबारबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनवाइ हुन लागेको हो।

आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो । जस अनुसार अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ।

मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिए पछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्च अदालतले रिट दायर गरेको थियो।