कांग्रेस सहमहामन्त्रीमाथि धारिलो हतियार प्रहार गर्ने सापकोटा पक्राउ

कांग्रेस सहमहामन्त्रीमाथि धारिलो हतियार प्रहार गर्ने सापकोटा पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियार प्रहार गर्ने श्याम सापकोटा पक्राउ परेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको थियो ।

पक्राउ परेका सापकोटालाई सिंहदरबार प्रहरी वृत्तमा लगिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले जानकारी दिए । आक्रमणबाट घाइते यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।