काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका कतिपय साथीहरू फेरि एमालेमै फर्किएकोमा चिन्ता व्यक्त गरेका छन् ।
पार्टी निकट आदिवासी जनजातिको काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले आफूहरू सही बाटोमा अघि बढ्न सके पार्टी पंक्तिभित्रका भ्रमहरूका बादल फाटेर जाने विश्वास व्यक्त गरे ।
‘अहिले हामी के कुरामा बढी चिन्तित छौं भने हामी सँगसँगै विद्रोह गरेर आएका कतिपय साथीहरू पलायन हुँदै फेरि एमालेमै फर्के भन्ने चिन्ता छ । विभिन्न जिल्लामा त्यस्ता घटनाहरू घटिरहेका छन् तर हामीले यही मञ्चबाट एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं, अब एमालेभित्र पहिरो जाँदैछ ।’
एमाले अहिले पनि समाजवादमा जान सकिँदैन भन्ने पक्षमा रहेको उनले बताए । ‘एमालेले अहिले त समाजवाद ल्याउनै सक्दैन भन्छ, समाजवादलाई अहिले कार्यक्रम बनाउनै सकिँदैन, अहिले पनि दशौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेज हुर्नुभयो भने समाजवाद ल्याउन सकिँदैन, त्यसले जबज नै लक्ष्य हो भन्छ । त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो,’ उनले भने ।




प्रतिक्रिया