सुदूरपश्चिमका मुख्यमन्त्री सहभागी कार्यक्रममा मञ्च ढलेपछि अतिथिहरूको भागाभाग

सुदूरपश्चिमका मुख्यमन्त्री सहभागी कार्यक्रममा मञ्च ढलेपछि अतिथिहरूको भागाभाग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको कार्यक्रममा अकस्मात मञ्च ढलेपछि अतिथिहरूको भागाभाग भएको छ ।

आज बुधबार मुख्यमन्त्री कमलबहादुर शाह डडेल्धुरा बहुमुखी क्याम्पसको २८औं वार्षिकोत्सव कार्यक्रममा सहभागी रहेका बेला मञ्च ढलेको हो ।

मञ्चमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) विश्वराज न्यौपाने लगायत अतिथि थिए ।

मञ्च ढलेपछि कार्यक्रम प्रभावित भएको थियो । ढलेको मञ्च मिलाएर फेरि कार्यक्रम सम्पन्न गरिएको थियो ।