हङकङमा १४० वर्षयताकै सवैभन्दा बढी वर्षा

हङकङमा १४० वर्षयताकै सवैभन्दा बढी वर्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हङकङ – हङकङमा शुक्रबार करिब १४० वर्षयताकै सबैभन्दा भारी वर्षाका कारण शहरका सडक र केही सबवे स्टेसनहरू पानीमा डुबेका छन् र यसका विद्यालयहरू बन्द गर्न बाध्य भएका छन् ।

सन् १९५२ मा सुरु भएको रेकर्डपछि चीनको प्रबिधि केन्द्र शेन्जेनका अधिकारीहरूले सबैभन्दा बढी वर्षा भएको बताएका छन् ।

विशेषज्ञहरू भन्छन्, “जलवायु परिवर्तनले उष्ण कटिबन्धीय आँधीबेहरीको तीव्रता बढाएको छ । अधिक वर्षा र तीव्र हावाहुरीका कारण आकस्मिक बाढी र तटीय क्षेत्रमा क्षति भएको छ ।”

अधिकारीका अनुसार हङकङमा बिहीबार देखि भारी वर्षा सुरु भएको थियो र मध्यरातसम्म, शहरको मौसम विज्ञान कार्यालयले यसको मुख्यालयमा प्रति घण्टा १५८.१ मिलिमिटर वर्षा रेकर्ड गरेको थियो । यो १८८४ मा रेकर्ड सुरु भएयताको सबैभन्दा धेरै हो ।

शुक्रबार अपरान्ह अस्पताल प्रशासनले कम्तीमा ११० जना घाइते भएका र चार जनाको अवस्था गम्भीर रहेको जनाएको छ । पश्चिमी हङकङ टापुको किनारमा एक व्यक्ति अचेत अवस्थामा फेला परेको उपचारका क्रममा अस्पतालमा मृत घोषित गरिएको छ, यद्यपि अधिकारीहरूले अझै पनि मृत्यु बाढीसँग सम्बन्धित छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् ।

“मलाई याद छैन कि हाम्रो जिल्लामा बाढी यति खराब भएको थियो,” आफ्ना वृद्ध आमाबाबुसँग वोङ ताई सिन जिल्लामा बस्दै आएका ५२ वर्षीय ज्याकीले भने। अधिकारीहरूले आकस्मिक बाढीको चेतावनी जारी गरेका छन् र आपतकालीन सेवाहरूले यस क्षेत्रका केही भागहरूमा उद्धार कार्य सञ्चालन गरिरहेका छन्।

“नदीको नजिक बस्ने बासिन्दाहरूले मौसमको अवस्थाप्रति सतर्क रहनुपर्दछ र यदि उनीहरूको घरहरू बाढीमा डुबेका छन् भने उनीहरूलाई सुरक्षित स्थानमा सार्न विचार गर्नुपर्छ,” हङकङको मौसम विज्ञान कार्यालयले भनेको छ । कार्यालयले सम्भावित भूस्खलनको चेतावनी दिँदै सवारी चालकहरूलाई ‘भिरालो क्षेत्र र अग्ला पर्खालहरूबाट टाढा रहन’ भनेको छ ।

बढी र डुवानका कारण जनजीवन प्रभावित बनेपछि हङकङको स्टक एक्सचेन्जले शुक्रबारका सबै कारोबार रद्द गरेको छ ।-एएफपी