सगरमाथा चढ्न नक्कली आरोहण अनुमतिपत्र, तीन जना सीअार्इबीकाे फन्दामा

सगरमाथा चढ्न नक्कली आरोहण अनुमतिपत्र, तीन जना सीअार्इबीकाे फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो  (सीअाइबी) ले  विश्वकाे सर्वाेच्च शिखर सगरमाथा चढ्न नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन  जनालाई पक्राउ गरेकाे छ।

सगरमाथा चढ्न आउने विदेशी पर्यटकलाई नक्कली अनुमतिपत्र दिएर सरकारी राजश्व आफूले लिने सेभेन समिट  ट्रेकिङ कम्पनी  कानून विभाग प्रमुख निभेश कार्की, बजार व्यवस्थापक फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याललार्इ सीअाइबीले पक्राउ गरेकाे हाे।

तीनै जनाले २०७४ चैत ३० गते सोही प्रालिमार्फत सगरमाथा आरोहण गर्न तयार भएको १२ जना विदेशी नागरिकको आरोहण अनुमतिपत्र पर्यटन विभागबाट बुझेर त्यसलाई लुकाइ सोही मिति र परमिट नं राखी सक्कली अनुमतिपत्रमा भएको १२ जनाको नाममा एक चिनियाँ नागरिक र एक अष्ट्रेलियन नागरिकको नाम थप गरी १४ जनाको नाम भएको अर्को कीर्ते आरोहण अनुमतिपत्र तयार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

सोही कीर्तेपत्रको छायाँप्रति सगरमाथा प्रदूषण नियन्त्रण समिति, सोलुखुम्बुमा पेश भएकामा पर्यटन विभागबाट पनि सो आरोहण दलको सम्पर्क अधिकृतका रुपमा खटिएका कर्मचारीले पर्यटन विभागबाट बुझिलिएको सक्कली आरोहणपत्रको छायाँप्रति सगरमाथा प्रदूषण नियन्त्रण समितिमा बुझाएपछि विभागका कर्मचारी र ट्रेकिङ एजेन्सीका कर्मचारीले बुझाएको एकै मिति र एकै परमिट नं को पत्रमा आरोही सङ्ख्या फरक भएपछि सोबारे अनुसन्धान शुरु भएको थियो ।

आरोहण दल सगरमाथा आरोहणमा जाने अन्तिम दलमा सक्कली आरोहण पत्रानुसार चिनियाँ नागरिक आठ जना, भारतीय दुई, स्पेनिस एक र बेलायती एक जना रहेकामा नक्कली आरोहणपत्रमा थप भएका दुईमध्ये एक जना चिनियाँ र एक अस्टे«लियाली नागरिक रहेको भेटिएको ब्युरोले जनाएको छ ।

प्रहरीका अनुसार ती दुई विदेशी नागरिकको परमिट शुल्कबापत २२ हजार अमेरिकी डलर तीनै जनाले बाँडेर लिएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले कार्कीलाई ठमेल, अर्याललाई महाराजगञ्ज र शेर्पालाई सोलुखुम्बुबाट पक्राउ गरिएको हो ।