काठमाण्डु – क्यानडा पठाइदिन्छु भनेर १० लाख ठगी गर्ने १ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
झापाको गौरादह नगरपालिका–७ घर भई हाल काठमाडौंको कागेश्चरी मनोहरा नगरपालिका–१ सानटारी बस्ने २४ वर्षीय सुजन पुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले भुमिराज राईलाई वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भनी १५ लाख लाग्ने र क्यानडा पुगेपछि सेक्युरिटी गार्डमा काम लागेर मासिक २ लाख रुपैयाँभन्दा बढी तलब हुने प्रलोभनमा पारी पटक–पटक गरी १० लाख ८५ हजार रुपैयाँ लिएका थिए ।
उनी रकम लिई सम्पर्कविहीन भएपछि ठगी गरेको भनेर वैदेशिक रोजगार विभागमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पठाएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।




प्रतिक्रिया