काठमाण्डु – मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
नुवाकोटको सुर्यगढी गाउँपालिका–२ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका–१० बस्ने २७ वर्षीया तुलसा वाग्ले अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले खिमलाल बुढा मगर समेत २ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु र आकर्षक तलब हुने भनी प्रलोभनमा पारेर ठगी गरेको आरोपमा पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
तुलसाले पीडितहरूबाट रकम लिई सम्पर्कविहीन भई ठगी गरेकाले वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया