‘नाडा अटो शो’ अवधिभरमा सुजुकी गाडी खरिद गर्नेलाई १ लाखसम्म छुट

‘नाडा अटो शो’ अवधिभरमा सुजुकी गाडी खरिद गर्नेलाई १ लाखसम्म छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नाडा अटो शोको लागि विशेष छुट अफर सार्वजनिक गरेको छ।

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी गाडी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रदान गर्ने जनाएको हो ।

सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको थियो ।

यो योजना अन्तर्गत ग्राहकले एक लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा र एक लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस पाउन सक्नेछन्।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन ।

नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ। यो योजना सिमित अवधिका लागी मात्र जारी गरिएको छ ।