काठमाण्डु – दुबईबाट नेपाल आएका ३ जनालाई अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ ।
हिमालयन एयरलाईन्सको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएर सडकपेटीमा हिँड्दै गरेको अवस्थामा पक्राउ परेकाहरूले मलद्वारमा सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशाला लगेर चेकजाँच गर्ने क्रममा कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन जस्तो पहेलो धातु मलद्वारमा फेला परेको छ ।
पक्राउ पर्नेमा काभ्रेको खानिखोला गाउँपालिका–३ का २८ वर्षीय बाबुलाल दोङ, रोशी गाउँपालिका–३ घट्टेखोलाका ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिकाका ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका प्रहरीले जनाएको छ ।
प्रहरीले ६० ग्राम सुन, १ थान हिमालयन एयरलाइन्सको टिकट, राहदानी र रेडमी मोबाइल १–१ थान बरामद गरेको छ ।




प्रतिक्रिया