रास्वपा पूर्व सांसद ढाकाकुमारबारे भ्रामक कुरा लेख्ने १ युवक पक्राउ

रास्वपा पूर्व सांसद ढाकाकुमारबारे भ्रामक कुरा लेख्ने १ युवक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निवर्तमान सांसद डा. ढाकाकुमार श्रेष्ठलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएको भनेर सामाजिक सञ्जालमा लेख्ने १ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

डा. श्रेष्ठले कारबाहीको माग गर्दै कास्की प्रहरीमा उजुरी दिएपछि स्याङ्जाको आँधीखोला गाउँपालिका–५ ठुलीबराहाका ३५ वर्षीय सूर्यबहादुर रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

केही दिनअघि रेग्मीले ‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएको र उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी’ भन्ने स्ट्याटस राखेका थिए ।

उनलाई नियन्त्रणमा लिई विद्युतीय कारोबार ऐन २०६३ विपरीतको कसूर (साइबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।