साइप्रस पठाइदिन्छु भनी साढे ७ लाख ठगी गर्ने महिला पक्राउ

साइप्रस पठाइदिन्छु भनी साढे ७ लाख ठगी गर्ने महिला पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साइप्रस पठाइदिन्छु भनी रकम ठगी गर्ने महिलालाई काठमाडु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पक्राउ गरेको छ ।

उदयपुरको बेलका नगरपालिका–५ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–१२ मंगलबजार बस्ने ३२ वर्षीया चेतना श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

आरोपी श्रेष्ठले राधेश्याम बानियाँलाई वैदेशिक रोजगारीको लागि साइप्रस पठाउन १५ लाख ६५ हजार रुपैयाँ लाग्ने र साइप्रस पुगेपछि कृषि फार्ममा काम गरेर मासिक १ लाख ५० हजारभन्दा धेरै तलब हुने भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी ७ लाख ५० हजार रुपैयाँ रकम लिएकी थिइन् ।

रकम लिएर सम्पर्कविहीन भई ठगी गरेकाले वैदेशिक रोजगार विभागबाट प्रहरी कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।