एक महिनामा दोस्रो पटक मूल्य बढ्दा कति पुग्यो पेट्रोलियम पदार्थको मूल्य ?

एक महिनामा दोस्रो पटक मूल्य बढ्दा कति पुग्यो पेट्रोलियम पदार्थको मूल्य ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- महिनामै इन्धनको मूल्य दोस्रो पटक बढेको छ। सरकारले शुक्रबार रातिबाट लागु हुनेगरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगम व्यवस्थापनले शुक्रबार पेट्रोल प्रतिलिटर १ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।

मूल्यवृद्धि भएसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय ८३ रूपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ७३ रूपैयाँ पुगेको छ। यसअघि निगमले भदौ १४ गते मूल्य समायोजन गर्दै पेट्रोल ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको थियो।