काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
शुक्रबार जंगीअड्डामा भएको भेटमा राजदूत जावेदले प्रधानसेनापति थापालाई बधाइ दिएका थिए । नेपाली सेनाका अनुसार थापा र राजदूत जावेदबीच द्वीपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । प्रधान सेनापति नियुक्ति भएसँगै थापाले भारत, चीनलगायतका देशका राजदूतसँग भेटवार्ता गरिसकेका छन् ।




प्रतिक्रिया