काठमाण्डु – सल्यान जिल्लामा आगलागीबाट आमा–छोरीको मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका–२ धारढुंगाकी अन्दाजी ३२ वर्षीया रेवती थापा र ९ महिने छोरी ऋतु थापाको आगलागीबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले आमा–छोरीको घरभित्रै जलनबाट मृत्यु भएको अवस्थामा शव फेला परेको जानकारी दिए ।
मृतक रेवतीका पति रोजगारीको सिलसिलामा विदेशमा रहेको हुँदा आमा–छोरी मात्रै घरमा बस्दै आएका थिए । स्थानीयले बिहान साढे ७ बजे घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।




प्रतिक्रिया