काठमाण्डु – सिन्धुपाल्चोकको सुकुटेमा सडक दुर्घटना हुँदा अनेरास्ववियुका २ नेताको निधन भएको छ ।
आज शनिवार अरनिको राजमार्गअन्तर्गत सुकुटेको घुम्नेमा दिउँसो १ बजे पेट्रोल ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको निधन भएको हो ।
निधन हुनेमा अनेरास्ववियु सिन्धुपाल्चोक सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ रहेका छन् । दुर्घटनापछि घाइते भएका दुवैलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएकोमा मृत घोषणा गरिएको छ ।
ना८ख ३७५ नम्बरको पेट्रोल ट्यांकर र प्रदेश २ ०३१प ५९७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया