अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा – ३२ वर्षीया अपाङ्ग महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको पुतलीबजारका २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

भदौ २० गते भएको घटनापछि प्राप्त उजुरीका आधारमा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले बताए ।

बौद्धिक अपाङ्गता भएकी महिलालाई घरमा बसिरहेको अवस्थामा सामूहिक बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । जिल्ला अदालत स्याङ्जाबाट ७ दिन थुनामा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।