सभामुख घिमिरेद्वारा नेम्वाङ निवास पुगेर समवेदना अर्पण

सभामुख घिमिरेद्वारा नेम्वाङ निवास पुगेर समवेदना अर्पण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सभामुख देवराज घिमिरेले दिवंगत संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन्।

घिमिरे शनिबार दिउँसो बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना प्रकट गरेका हुन्। उनले नेम्वाङका पुत्रद्वय मिङ्सो र सुहाङलाई भेटेर समवेदना प्रकट गरेका हुन्।

सभामुखले नेम्वाङका परिवारजनलाई आफ्नो र प्रतिनिधि सभाको तर्फबाट समवेदना पत्र हस्तान्तरणसमेत गरेका थिए। संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो।