अपरेसन गरेर जनरल वार्डमा सारेपछि सुत्केरीको मृत्यु

अपरेसन गरेर जनरल वार्डमा सारेपछि सुत्केरीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको ज्यान गएपछि तनाव उत्पन्न भएको छ। वीरेन्द्रनगर–४ सुर्खेतकी ३० वर्षीया जानकी रेग्मी अधिकारीको सुत्केरी भएको २४ घण्टापछि मृत्यु भएको हो।

सुत्केरी व्यथाले च्यापेपछि अस्पताल भर्ना भएकी जानकीको शल्यक्रिया गरेर बच्चा निकालिएको थियो। जनरल वार्डमा सारेको भोलिपल्ट सुत्केरीको मृत्यु भएपछि पीडित परिवारले अस्पतालको लापरवाहीका कारण ज्यान गएको आरोप लगाएका छन्। अस्पतालले मृत्युको कारण खुलाएको छैन।