एकै जनाले चार जनाको हत्या गरेको प्रहरीको निष्कर्ष

एकै जनाले चार जनाको हत्या गरेको प्रहरीको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रहरीले तीनकुने स्थित गैह्रीगाउँमा भएको चार जनाको सामूहिक हत्या एक जना व्यक्तिले गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ। आज पक्राउ परेका एक व्यक्तिले चारै जनाको हत्या गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको हो ।

सीसीटीभी फुटेजमा देखिएमा एक जना व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको थियो। ती व्यक्ति सामूहिक हत्या प्रकरणको मुख्य व्यक्ति हुन सक्ने प्रहरीको अनुमान थियो। तिनै व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको दाबी छ।

यसअघि अपराध अनुसन्धान महाशाखाले घटनाको जानकारी गराउन आएका दीपेन्द्र राईलाई पक्राउ गरेर राखेको थियो । तर, उनको घटनामा संलग्नता नदेखिएको जनाइएको छ । परिसरले आरोपीलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

तीनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा एकैपरिवारका तीनसहित चार जनाको शव भेटिएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा ७५ वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट थियो ।