आइतवार नेप्से ४२ अंकले ओरालो लाग्यो

आइतवार नेप्से ४२ अंकले ओरालो लाग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- साता कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४ को विन्दुमा कायम भएको छ ।

आज ५६ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ८४ लाख ६५ हजारको कारोबार भएको छ । ११ कम्पनीको शेयरमूल्य बढ्दा २१३ कम्पनीको शेयरमूल्य घटेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्से घटेसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ । आज ट्रेडिङ उपसूचक सर्वाधिक ३.३३, फाइनान्स उपसूचक ३.३० र होटल तथा पर्यटन उपसूचक ३.२९ प्रतिशतले घटेका छन् ।