काठमाण्डु – सरकारले संसद्मा दर्ता गराएको शिक्षा सम्बन्धी विधेयकको विरोधमा देशभरका शिक्षकहरू आन्दोलित भइरहेका बेला सुनसरीको दुहवी नगरपालिकाले विद्यालय बन्द गरे कारवाही हुने चेतावनी दिएको छ ।
नेपाल शिक्षक महासंघले शिक्षा विधेयकको विरोधमा असोज ३ गतेदेखि विद्यालय बन्द गरेर काठमाण्डु केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।
नगरपालिकाले विद्यालय बन्द गराएर शिक्षा विधेयकको विरोध गर्न गए दुवही नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन २०७७ को दफा ११२ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
यस्तो छ विज्ञप्ति





प्रतिक्रिया