काठमाण्डु – पोखरीमा डुबेर छुट्टाछुट्टै स्थानमा २ जनाको मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका–९ मलेठस्थित आफ्नै नाना श्रीलाल यादवको घरमा बस्दै आएका सुनसरीको कोशी गाउँपालिका–५ दुधगत बस्ने बिन्देश्वार यादवको छोरा ८ वर्षीय आशिष कुमार यादवको पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।
नानाको घरनजिकै रहेको पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका–३ भगरैया बस्ने ७७ वर्षीय पूर्णबहादुर मगरको घरबाट करीब २०० मिटर टाढा माछा पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया