शिख नेताको हत्या प्रकरण: क्यानडाद्धारा भारतीय उच्च कुटनीतिज्ञलाई देश निकाला

शिख नेताको हत्या प्रकरण: क्यानडाद्धारा भारतीय उच्च कुटनीतिज्ञलाई देश निकाला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- क्यानडा सरकारले ब्रिटिस कोलम्बिया राज्यमा १ जना शिख नेताको हत्यामा भारतीय सरकारको हात रहेको बताएको छ। गत जुन महिनाको १८ तारिख क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित गुरुद्वारा अगाडि हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को‌ तल्लो सदन हाउस अफ कमन्समा एक बयान दिँदै निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरु संलग्न रहेको विषयमा छानबिन भइरहेको बताएका हुन् ।

यसैबीच शिख नेताको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाउँदै एक जना भारतीय कूटनीतिज्ञलाई देश निकाला गरिएको छ । क्यानडाका विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिएकी हुन् । देश निकाला गरिएका भारतीय कुटनीतिज्ञ क्यानडामा भारतको इन्टेलिजेन्स प्रमुख रहेको बताइएको छ ।

यता भारतले भने क्यानडाको आरोपको खण्डन गरेको छ । ‘क्यानडामा कुनै पनि प्रकारको हिंसामा भारत सरकार संलग्न भएको आरोप लगाउनु हास्यास्पद छ ।’, भारतीय विदेश मन्त्रालयले भनेको छ ।