मेयर बालेन्द्रविरुद्ध अनौठो आन्दोलन : राष्ट्रिय सभागृह अगाडि ७७ घण्टा उभिने घोषणा

मेयर बालेन्द्रविरुद्ध अनौठो आन्दोलन : राष्ट्रिय सभागृह अगाडि ७७ घण्टा उभिने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध अनौठो आन्दोलन सुरु भएको छ ।

सामाजिक अभियन्ता इशान श्रेष्ठ ‘ईः’ले मेयर शाहविरुद्ध ७७ घण्टा उभिएर गरिने आन्दोलन थालेका छन् ।

श्रेष्ठले मेयर शाहको कार्यालय राष्ट्रिय सभागृह अगाडि ७७ घण्टासम्म उभिएर विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभागृह अगाडि उभिएका श्रेष्ठले आन्दोलन शुक्रबार ६ बजेसम्म जारी रहने बताए ।

सडकमा व्यापार गर्ने बिक्रेताका लागि वैकल्पिक व्यवस्था नगरी धरपकड गरिएको विरोधमा आन्दोलन गर्नुपरेको उनले बताए । फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने उनको माग छ ।