शिक्षामन्त्रीले बोलाएको वार्तामा गएनन् शिक्षकहरू, भोलि आन्दोलन गर्ने तयारी

शिक्षामन्त्रीले बोलाएको वार्तामा गएनन् शिक्षकहरू, भोलि आन्दोलन गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले बोलाएको वार्तामा नेपाल शिक्षक महासंघका प्रतिनिधि गएनन् । मन्त्री राईले मंगलबार दिउँसो वार्ताका लागि महासंघलाई बोलाएका थिए ।

महासंघले पठनपाठन रोकेर असोज ३ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेपछि मन्त्रालयले आज मंगलबार ३ बजे वार्तामा बोलाएको थियो ।

समस्या समाधान नहुने वार्तामा बस्नुको अर्थ नरहेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

शिक्षा सम्बन्धी विधेयकमा प्रस्ताव गरिएका प्रावधानप्रति असन्तुष्टि जनाउँदै महासंघ आन्दोलित भएको छ । महासंघले देशभरका विद्यालय बन्द गरेर भोलिदेखि काठमाण्डु केन्द्रित आन्दोलन गर्दैछ ।