काठमाण्डु – न्याय परिषद्ले उच्च अदालतका नवनियुक्त न्यायाधीशहरूको पदस्थापन गरेको छ ।
न्याय परिषद्को गत शुक्रवारको बैठकको निर्णयअनुसार न्यायाधीशहरूको पदस्थापनको सूचना सार्वजनिक गरेको छ ।
न्याय परिषद्का अनुसार नवनियुक्त न्यायाधीशहरू श्यामकुमार भट्टराई, ब्रजेश प्याकुरेल, चन्द्रमणि ज्ञवाली, प्रकाश खरेल, कृष्णराम कोइराला र नारायणप्रसाद रेग्मीलाई उच्च अदालत पाटनमा पदस्थापन गरिएको छ ।
उच्च अदालत पोखरामा न्यायाधीशहरू धनसिंह महरा र राजुकुमार खतिवडालाई पदस्थापन गरिएको छ ।
न्यायाधीशहरू राधाकृष्ण उप्रेती र अर्जुन अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा पदस्थापन गरिएको छ भने हरिशचन्द्र ढुंगाना, ऋषिराम निरौला, योगेन्द्रप्रसाद साह, खडानन्द तिवारी, मोहनराज भट्टराई र अर्जुन महर्जनलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पदस्थापन गरिएको सूचनामा उल्लेख छ ।
न्यायाधीश कविप्रसाद न्यौपानेलाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा पदस्थापन गरिएको छ भने स्वीकृति पराजुली, पुण्यशिला दवाडी घिमिरेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पदस्थापन गरिएको छ ।
न्यायाधीश काजीबहादुर राईलाई उच्च अदालत सुर्खेतमा पदस्थापन गरिएको छ । न्यायाधीश रितेन्द्र थापालाई उच्च अदालत विराटनगर, न्यायाधीश विनोदकुमार पोखरेललाई उच्च अदालत जनकपुर, न्यायाधीश सुशिल कोइराला उच्च अदालत विराटनगरको धनकुटा इजलासमा पदस्थापन गरिएको छ ।
न्यायाधीश अचुतमकुमार आचार्यलाई उच्च अदालत तुलसीपुर, न्यायाधीश गोविन्द जोशीलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलास, न्यायाधीश यज्ञबहादुर राना मगरलाई उच्च अदालत पोखराको बागलुङ इजलासमा पदस्थापन गरिएको सूचनामा उल्लेख छ ।







प्रतिक्रिया