नक्कली नियुक्तिपत्र बनाएको आरोपमा शिक्षा अधिकारी मन्डलविरुद्ध मुद्दा दायर

नक्कली नियुक्तिपत्र बनाएको आरोपमा शिक्षा अधिकारी मन्डलविरुद्ध मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मन्डलविरुद्ध विशेष अदालतमा आज मंगलबार मुद्दा दायर गरेको छ ।

शिक्षकको नक्कली नियुक्तिपत्र बनाएको र नक्कली नियुक्तिकै आधारमा पदस्थापन पनि भएको देखिएको भन्दै मन्डलले भष्ट्राचार गरेको अख्तियारको ठहर छ । धनुषाको मिथिलाबिहारी नगरपालिका–९ स्थित रामजानकी प्राविमा पढाउँदै आएकी निलकुमारी यादवलाई पनि प्रतिवादी बनाइएको छ ।

यादव २०७१ असोज ७ गते जिल्ला शिक्षा कार्यालयको पत्रले किसानपुरस्थित भानु उच्च माविबाट रामजानकी प्राविमा दरबन्दी भई पदस्थापन भएकी थिइन् । अख्तियारका अनुसार भानु उच्च माविमा यादवको शिक्षक नियुक्तिपत्र नै नक्कली रहेको पाइएको छ ।