नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ : परराष्ट्रमन्त्री साउद

नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ : परराष्ट्रमन्त्री साउद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क – परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् । मंगलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सीटीबीटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।

परराष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएका छन् । ७८औँ राष्ट्रसंघीय महासभामा न्यूयोर्क आएका परराष्ट्रमन्त्री साउदले भेटलाई तीव्रता दिएका छन् ।