क्यानडाले जारी गर्‍याे भारतबारे नयाँ ट्राभल एडभाइजरी

क्यानडाले जारी गर्‍याे भारतबारे नयाँ ट्राभल एडभाइजरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – क्यानडाले भारतको सम्बन्धमा नयाँ ट्राभल एडभाइजरी जारी गरेको छ जसमा उसले आफ्ना नागरिकहरूलाई ‘अत्यन्त सतर्क’ रहन भनेको छ।

क्यानाडा सरकारले आफ्ना नागरिकहरूलाई “अभूतपूर्व सुरक्षा अवस्थाका कारण” केन्द्र शासित प्रदेश जम्मू कश्मीरको यात्रा नगर्न आग्रह गरेको छ।

मंगलबार जारी गरिएको सूचनामा भनिएको छ, “जम्मु कश्मीरमा आतंकवाद, अतिवाद, अशान्ति र अपहरणको खतरा छ। यसमा लद्दाखको यात्रा समावेश छैन।“

यसका साथै भारतको उत्तर–पूर्वी क्षेत्रका केही क्षेत्रमा नजान पनि नागरिकलाई आग्रह गरिएको छ । पाकिस्तानसँग सीमा जोडिएको गुजरात, पञ्जाब र राजस्थानका क्षेत्रमा नजान पनि आग्रह गरिएको छ । क्यानडाको यो नयाँ ट्राभल एडभाइजरी दुई देशबीच तनाव बढिरहेको बेला आएको हो ।