टिकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा

टिकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय काटिरहेका तीन जना कैदी रिहा भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा टीकापुर हत्याकाण्डका थप तीन कैदीलाई आममाफी दिएपछि उनीहरु रिहा भएका हुन् ।

रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए । उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए ।

त्यस्तै सोही घटनामा माफी मिनाहा पाएका पोखरास्थित बाल सुधारगृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा हुने जनाइएको छ । रिहा भएकाहरूको कारागारभित्रै अबिर जात्रासहित भव्य स्वागत गरिएको छ ।