काठमाण्डु- काठमाण्डु महानगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाण्डुमा आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर आन्दोलनमा गएको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने भएको हो ।
महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ । महानगरको निर्देशकसँगै शिक्षा विभागले विद्यालयहरूको अनुगमन गर्नेछ । यदि विद्यालय बन्द गरेर पठनपाठनमा अवरोध पुगेको देखिएको खण्डमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गर्ने तयारी गरेको हो ।




प्रतिक्रिया