२६ वर्ष पुरानो ज्यान मुद्दामा ९२ वर्षीय आरोपी पक्राउ

२६ वर्ष पुरानो ज्यान मुद्दामा ९२ वर्षीय आरोपी पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रोल्पामा भएको कर्तव्य ज्यान मुद्दाका फरार आरोपी ९२ वर्षीय पहले कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा साढे २१ वर्ष जेल सजाय तोकिएका रोल्पाको रुन्टीगढी गाउँपालिका–१ रिठाबोटका ९२ वर्षीय कामीलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।

जिल्ला अदालत रोल्पाले २६ वर्ष पहिले २०५४ चैत १० गते कर्तव्य ज्यान मुद्दामा कामीलाई दोषी ठहर गर्दै २१ वर्ष ६ महिना काराबासको सजाय सुनाएको थियो । अदालतले दोषी ठहर गरे पनि उनी फरार थिए ।

पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराई कारावास सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले बताए ।