शान्ति सुरक्षा कायम गरेर आन्दोलन मर्यादित बनाउन शिक्षकहरुलाई गृहमन्त्री श्रेष्ठको आग्रह

शान्ति सुरक्षा कायम गरेर आन्दोलन मर्यादित बनाउन शिक्षकहरुलाई गृहमन्त्री श्रेष्ठको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूसँग सरकारले वार्ता सुरु गरेको छ ।

आज बिहान सिंहदरबारमा शिक्षकहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका हुन् । यद्यपि गृहमन्त्रीसँगको वार्ता निष्कर्षविहीन भएको छ । वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेका थिए ।

छलफलमा कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्ने कुरा गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

छलफलमा गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गरेकाे उनले बताए । उनले आन्दोलन बानेश्वरबाट माइतीघरसम्म हुने बताए ।

संसद्‌मा दर्ता शिक्षा विधेयकप्रति महासंघले विभिन्न १८ बुँदे माग र असहमति जनाएको छ । सरुवाबढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसम्बन्धी माग छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएका छन् ।